बासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागु औषध प्रयोगकर्ता भएको खुलेको छ । राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो ।
संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागे पछि उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन ।
आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निबेदनमा राष्ट्रपति पुत्र हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्विकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन ।
उनको सो निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ । यदी, त्यो अनुमोदन नभएमा राष्ट्रपति पुत्रमाथी कानुनी कारबाही हुनेछ ।
उता, अमेरिकी राष्ट्रपति वाइडनले छोरा हन्टरलाई उनी माथी लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाईट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ ।