Logo
Logo

हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट


1.5k
Shares

काठमाडौं । हिमालयन बैंक र जंगल भिल्ला रिसोर्टबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र जंगल भिल्ला रिसोर्टबीच भएको सम्झौताअनुसार चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकलाई १० देखि १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्