काठमाडौं । कार्यक्षमतामा निकै कमजोर रहेका सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान दरबन्दी थपेर एआइजी हुने चलखेलमा छन् । प्राविधिक पृष्ठभुमीका उनी कमजोर कमाण्ड भएका अधिकृत मानिन्छन् । प्रधानमन्त्री प्रचण्डका केही निकटस्थ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट व्यक्तिहरूसँगको मिलेमतोमा उनी दरबन्दी थप्ने दौडधुपमा उनी लागेका छन् ।
सशस्त्र प्रहरीको एकेडेमीमा एआइजीको दरबन्दी आवश्यक छ । तर, संगठनले पहल गर्दा थप हुन सकेको छैन । प्रधान आफ्नो लागि दरबन्दी थप्ने खेलमा छन् ।
अहिले दरबन्दी थपेर बढुवा हुन सके पछि आइजिपी हुने सम्भावना छ । नत्र डिआइजीबाटै अवकाश पाउनेछन् । यसअघि बाहितिपति हुँदा कमाएको पैसा खर्च गरेर उनी गलत बाटोबाट बढुवा हुन लागेका हुन् ।