काठमाडौ., २६ मंसिर ।
घुसकाण्डमा सिडिओ निलम्बनमा परेपछि गृह मन्त्रालयले दोलखामा नयाँ सिडिओ पठाएको छ । सिन्धुपाल्चोकमा सहायक सिडिओका रुपमा कार्यरत भिमकान्त पौडेललाई गृहले दोलखामा खटाइएको हो ।
सिन्धुपाल्चोकका सिडिओ खगेन्द्र रिजालले ९० हजार घुस लिएो पुष्टि भएपछि उनलाई निलम्बन गरिएको छ । धरौटीका नाममा मुद्दाका आरोपीसँग उनले घुस लिएका थिए ।