एजेन्सी । चीनको निङ्जिया सहरमा ग्यास विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।
बुधबार राति निङ्जिया सहरमा रहेको एक रेस्टुरेन्टमा एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएर विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको हो ।
सोही विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन् । सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो ।