Logo
Logo

अपि पावरलाई हकप्रद निष्कासनका लागि स्वीकृति


756
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद निष्कासन गर्न स्वीकृति दिएको छ ।

कम्पनीलाई एक करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डले बुधबार स्वीकृति दिएको हो ।

कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कास गर्न लागेको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्