काठमाडौं । जुम ब्यूटी एकेडेमीको नयाँ शाखा सञ्चालनमा आएको छ । सानो भ¥याङ स्वयम्भूमा सञ्चालनमा आएको एकेडेमीको ११औँ शाखाको शनिबार नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले उद्घाटन गरेका छन् ।
ललितपुर कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन् ।
गुणस्तर युक्त प्रविधि, सेवामूलक र सम्पूर्ण सुविधा सम्पन्न जुम ब्युटी एकेडेमीमा दक्ष अनुभवी सौन्दर्यकर्मीद्वारा सेवाग्राहीले यो शाखाबाट पनि सेवा लिन पाउने सञ्चालक जुनु चक्रधरले जानकारी दिइन् ।
साथै, यस एकेडेमीमा अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ, मेकअप ट्रेनिङ, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ लगायतका ट्रेनिङको ब्यबस्था रहेको एकेडेमीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा एकेडेमीका सञ्चालकद्वय सौन्दर्यविद् जुनु चक्रधर र कृषप त्वानावासुले अतिथिलाई स्वागत गरेका थिए । नायिका केकी अधिकारी, सन्दीप क्षेत्री, डा. नवल पजियार र चलचित्र ‘जय होे’का निर्माता समीर खानले एकेडेमीको सफलताको शुभकामना दिएका थिए ।