Logo
Logo

रुसमा वाग्नर समूहद्धारा कब्जा गरेका सहर फिर्ता, प्रमुखले देश छाडे


5.3k
Shares

काठमाडौं । रुसमा निजी सेनाकाे समूह वाग्नरले बिद्रोहका सबै कार्यक्रम फिर्ता लिएको छ । शुक्रबार रातिदेखि सरकारविरुद्ध एकाएक कारबाहीको घोषणा गरेको र दुई वटा सहर कब्जा गरेको वाग्नरले विद्रोहका कार्यक्रम फिर्ता लिएको बीबीसीले जनाएको छ ।

पछिल्लो रिपोर्ट अनुसार वाग्नर समूहले मस्कोतर्फको आफ्नो यात्रा रोकेको छ । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रक्तपात रोक्नको लागि उनले आफ्ना लडाकुहरूलाई मस्को जानबाट रोकेको आफूहरु अब आफ्नो आधारमा फर्किरहेका बताएका छन् ।

वाग्नर समूहका प्रमुख प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका छन् । जहाँ उनले रुसी प्रतिनिधिसँग वार्ता गर्ने अपेक्षा छ । यसअघि उनिविरुद्ध सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ ।

वाग्नरले युक्रेन युद्धमा रूसी सेनाको लागि महत्त्वपूर्ण योगदान पु¥याएको छ । विशेष बाख्मुतको युद्ध जित्न वाग्नरको ठूलो हात थियो । रुसी सेनालाई हम्मे हम्मे परेको बाख्मुत युद्ध जित्न वाग्नर समूह परिचालित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्