Logo
Logo

धुलोरहित काठमाडौं कार्यक्रमलाई १०० करोड बजेट विनियोजन


882
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौं कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आइतबार नगरसभामा महानगरका उपप्रमुख सुनीता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ । उनका अनुसार धुलोरहित काठमाडौं कार्यक्रमका लागि १०० करोड रकम विनियोजन गरिएको छ । 

महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार विनियोजन गरेको छ । यता पूर्वाधार एम्बुलेन्स, सुन्दर महानगर योजना, उज्यालो सहर मेरो महानगर कार्यक्रमका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्