काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर बिष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । महाकाली नदीको नदीजन्य सामानको रोयल्टीमा अनियमितता गरेको आरोपमा आयोगले बिशेष अदालतमा मुद्दा चलाएको हो ।
तीन करोड ३३ लाख २२ हजार ५ सय ८३ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो । पूर्वमेयर बिष्ट, तत्कालिन प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्ट र हरिदत्त जोशीलाई समेत प्रतिवादी बनाइएको छ ।
१७ नम्बर वडाका तत्कालिन अध्यक्ष हिमाल बहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालसिंह ऐर र गोविन्दराज उपाध्ययलाई पनि मुद्दा दायर भएको छ । चन्द नेतृत्वको कार्यदलले राजश्व छुटको सिफारिस गरेको थियो ।
भवानी कन्ट्रक्सनका सञ्चालक केशबराज भट्ट, पुष्पराज भट्ट, दिवाकर भट्ट, खगेश्वरी भट्टलाई समेत प्रतिवादी बनाएर आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर भएका बिष्ट एमालेका नेता हुन् ।