Logo
Logo

बालेनविरुद्धको अवहेलना मुद्दा ढुंगानाको इजलासमा


2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ ।

आइतबार पनि ढुंगानाकै इजलासमा परेको उक्त निवेदन समयाभावका कारण सुनुवाइ हुन सकेको थिएन । आज उक्त रिटको सुनुवाइ पेसी सूचीको ७ नम्बरमा तोकिएको छ ।

अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्