काठमाडौं । अन्तराष्ट्रियस्तरको राष्ट्रिय मूल्यमा पाइने सेन्सेइ ब्रान्डका घरायसी सामग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ । जापानिज टेक्नोलोजीद्वारा निर्मित सेन्सेइ ब्राण्डका घरायसी सामग्रीहरु देशभरिका ग्राहकहरुको मन–मनमा बस्न सफल भएको छ । सेन्सेइ ब्राण्डले नर्मल टिभी, स्मार्ट टिभी, अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ ।
चौधरी ग्रुपअन्तर्गत क्वालिटी प्रोडक रहेको सेन्सेइ ब्राण्डले थप नयाँ घरायसी सामग्री पनि नेपाली बजारमा भित्र्याउन लागेको छ । हरेक नेपाली ग्राहकको रोजाइमा रहेको सेन्सेइ ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले गर्दै आएको छ ।