Logo
Logo

टीभीएसले ल्यायो ‘नयाँ सफर बिनाकर अफर’


1.1k
Shares

काठमाडौं । टीभीएस माटेर्सले बाइक र स्कुटर खरिदकर्ताका लागि ‘नयाँ सफर बिनाकर अफर’ ल्याएको छ । कम्पनीले खरिद वर्ष र अर्को एक वर्षको सडक कर ग्राहकका लागि आफै तिरिदिने भएको हो ।

टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देशभित्रका सबै ठाउँ लागु भएको जनाएको छ ।

अफरले उपभोक्तालाई दुई वर्षको कर तिर्ने झन्झटबाट मुक्त गरेको र आर्थिक हिसाबले पनि फाइदा गर्ने कम्पनीको विश्वास छ ।

यसबाहेक आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको कम्पनीले जनाएको छ ।

जसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्