Logo
Logo

प्राबिधिक डिआइजीको चलखेलले अस्तव्यस्त सशस्त्र प्रहरी


38.1k
Shares


काठमाडौं । प्राबिधिक पृष्ठभुमीका डिआइजी किशोर प्रधानका कारण सशस्त्र प्रहरी बल अस्तव्यस्त भएको छ । उनकै चलखेलले सिंगो संगठनको बृत्तिबिकास योजना अलपत्र परेको छ भने सयौं प्रहरीको बढुवा समेत रोकिएको छ ।


हालै सशस्त्र प्रहरी बलले वृत्ति विकास योजना स्वीकृतीका लागि अघि बढाएकोमा त्यो पास हुन सकेको छैन । त्यसमा एआइजीको दरबन्दी थपेर बढुवा हुन प्रधानले चलखेल गरिरहेका छन् । सोही चलखेलले सिंगो ओएण्डएम रोकिदा सशस्त्र प्रहरीको बढुवा प्रक्रिया समेत अवरुद्ध भएको गृह मन्त्रालय स्रोत बताउँछ ।


प्राविधिक पृष्ठभुमीका भएपनि प्रधान डिआइजी पदमा पुगिसकेका छन् । विगतमा कमाएको पैसा खर्च गरेर उनी आफ्नो लागि आफैं दरबन्दी थपेर बढुवा हुने खेलमा लागेका हुन् । हालको वृत्ति विकास योजनामा एआइजीमा दरबन्दी घुसाएर बढुवा हुन लागेपछि सबै प्रहरीको बढुवा रोकिएको हो । कार्यक्षमतामा कमजोर रहेका प्रधानले गरेको चलखेलले सिंगो सशस्त्र प्रहरी पीडित बनेको छ । त्यसै त सशस्त्र प्रहरीमा बढुवाको जाम छ अर्काेतर्फ केही व्यक्तिको चलखेल हुँदा झन् बढुवा प्रभावित भएको छ ।

यही बेला कानुन र लेखा समूहका एससएसपी समेत चलखेलमा लागेका छन् । कानुनका एसएसपी युबराज अर्याल पनि डिआइजीको दरबन्दी थपेर बढुवा हुने दाउमा लागेका छन् । त्यस्तै दौडधुपमा लेखाका एसएसपी होम ज्ञवाली पनि लागेका छन् ।
छिटो बढुवा हुनका लागि उनीहरू विगतमा छुट्टै समूह गठन गरी त्यसतर्फ लागेका थिए । एसएसपी ज्ञवालीले त लेखाबाट करोडौं कमाइसकेका छन् । वनस्थलीमा उनले बनाएको बंगलाबाट पनि त्यो पुष्टि हुन्छ । करोडौंको बंगला बनाएपनि पानी भने दैनिक सशस्त्र प्रहरीकै ट्याङकरबाट ओसार्ने गर्दछन् । उनको घरमा सशस्त्र प्रहरीको ट्याङकरले दैनिक पानी पु¥याउने गर्दछ । उनी पनि पैसा खर्च गरेर डिआइजी हुने दाउमा लागिरहेकै छन् । केही एसएसपीहरू अनावश्यक चलखेलमा लागेपछि गत साता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चलेखल नगर्न चेतावनी समेत दिएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।


केही अधिकृतको चलखेलले आफुहरुको करिअर समेत प्रभावित भएपछि सशस्त्र प्रहरीका तल्ला तहका अधिकृतहरू समेत डिआइजी प्रधान लगायतका अधिकारीसँग रुष्ट बनेका छन् । चलखेल गर्नेहरुमाथि कारबाहीको माग समेत संगठनमा उठेको छ ।

प्रतिक्रिया दिनुहोस्