काठमाडौं । हिमालय एअरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं नियमित उडान सुरु गरेको छ । नियमित हवाई उडान सुरु गरेसँगै नेपालमा चिनियाँ पर्यटकको आकर्षण अझ बढ्ने छ । हिमालयनको उडानले चीनको राजधानी बेइजिङ र नेपालको राजधानी काठमाडौंलाई सिधा जोडेको छ । बेइजिङ आउने पर्यटकलाई पनि काठमाडौँ घुम्न सहज र प्रभावकारी यात्राको विकल्प प्रदान गरेको छ । यसले नेपालको पर्यटन र व्यापारमा ठूलो टेवा पुग्ने छ ।
चिनियाँ पर्यटकहरूका लागि नेपाल सस्तो र सुन्दर गन्तव्य हो । हवाई रुट छोटो भएको कारण नेपालमा चिनियाँ पर्यटकको आकर्षण बढेको छ । लुम्बिनी, ठमेल, पोखरा, सौराह, चिनियाँ पर्यटनलाई मनपर्ने गन्तव्य हो । नेपालीको आतिथ्यताले चिनियाँहरूलाई मोहित पार्ने गरेको छ ।
यसैलाई मध्यनजर गर्दै हिमालय एअरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं रुट गत २४ जुन २०२३ देखि नियमित उडान संचालनमा ल्याएको छ । अब हरेक शनिबार नियमित उडान सञ्चालन हुनेछ ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ हिमालय एअरलाइन्स्को पहिलो उडानबाट बेइजिङ पुगे । यसले दुई छिमेकी राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्नेछ । यात्रुहरूले हिमालय एअरलाइन्स्मा हिमालयन आतिथ्यताको अनुभव गर्दै यात्रा गर्न सक्ने छन् ।
एअरलाइन्स्को पहिलो उडान एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समयअनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको थियो । र, बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण भएको थियो ।
हिमालय एअरलाइन्स्ले सुरक्षित, भरपर्दो र आरामदायी हवाई यात्रा प्रदान गर्दै आएको छ । काठमाडौं–बेइजिङ–काठमाडौं रुटद्वारा एअरलाइन्स्ले आफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरूबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धता जनाएको छ । यसबाट नेपालको पर्यटन प्रवद्र्धनको नयाँ ढोका खुलेको छ ।
काठमाडौं–बेइजिङ उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ । साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानीय समयअनुसार दिउँसोे ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ । जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण हुने छ ।
हिमालय एअरलाइन्स्ले सुरक्षित, भरपर्दो र आरामदायी हवाई यात्रा प्रदान गर्दै आएको छ । काठमाडौं–बेइजिङ–काठमाडौं रुटद्वारा एअरलाइन्स्ले आफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरूबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धता जनाएको छ । यसबाट नेपालको पर्यटन प्रवद्र्धनको नयाँ ढोका खुलेको छ ।
‘काठमाडौं र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छाँै । यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्नसमेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्त्वपूर्र्ण छ ।’ एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने ‘यस नयाँ रुटले अन्तर्राष्ट्रिय बजारमा उपस्थितिलाई बलियो बनाउने मात्र होइन, व्यवसायिक र फुर्सदका यात्रुहरू दुवैका लागि सहज यात्राको विकल्प पनि उपलब्ध गराएको छ ।’
यात्रुहरूले हिमालय एयरलाइन्स्को टिकटिङ्ग काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्ने छन् ।
हिमालय एअरलाइन्स्बारे
हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी रूपमा स्थापित अन्तर्राष्ट्रिय कम्पनी हो । यो कम्पनीको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरू बीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै हिमालयन एअरलाइन्स्को मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
यस कम्पनीको चिनियाँ साझेदारका रुपमा तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र स्थानीय नेपाली साझेदारका रूपमा यती वल्र्ड इन्भेस्टमेन्ट प्रालि रहेका छन् ।
हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमान छन् । तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
एअरलाइन्स्ले साउथ एशियन ट्राभल अवार्डसर्् २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो ।
विमानमर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणिकरण प्राप्त गरेको कम्पनीले बताएको छ । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो एयरलाइन बनेको थियो ।
हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाका लागि उच्चस्तरीय सेवा प्रदान गरेबापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिवद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्छ ।
सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स्ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । योसँगै एअरलाइन्स् अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ ।
हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स्ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स्को रुपमा स्थापित गरेको छ । दक्षिण एशियाकै अग्रणी एअरलाइन्स्का रूपमा स्थापित हुन चाहेको हिमालय एअरलाइन्स्ले जनाएको छ ।