Logo
Logo

राष्ट्रपतिको नाममा एसपीको कमाउ धन्दा


40.6k
Shares

काठमाडौं । आफुलाई राष्ट्रपति रामचन्द्र पौडेलको नातेदार भन्दै सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एसपी तीर्थ पौडेलले कमाउ धन्दा थालेका छन् । संगठनको नीतिविपरीत घुमुवा परिचालन गरेर उनले तस्करीको लाइन मिलाउँदै आएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

उनले जवानद्वय अर्जुन यादव र प्रविन्द्र खेरबारलाई घुमुवाका रुपमा परिचालन गरेका छन् । सादा पोशाकमा घुमुवा खटाउन नपाउने मुख्यालयको निर्देशनको उनले अवज्ञा गरेका छन् । मुख्यालयलाई झुक्याउन घुुमवालाई धेरै जसो समय सीमा क्षेत्रमा युनिफर्ममै पठाउने गरेका छन् । तर, उनीहरूको मुख्य जिम्मेवारी तस्करीको सेटिङ मिलाउने छ ।

मधेस प्रदेशका डिआइजी दिपेन्द्र शाहलाई समेत उनले गलत रिपोर्टिङ गरेर झुक्याउँदै आएको सप्तरीमा कार्यरत सशस्त्र प्रहरीका एक अधिकृतले बताए । आफु राष्ट्रपति पौडेलको नातेदार भएकाले कसैले कारबाही गर्न नसक्ने भन्दै उनले तस्करीको सेटिङ चलाएका हुन् ।

घुमुवा जवानमध्ये खेरबारको दरबन्दी कार्यदल गण काठमाडौं हो भने यादवको सप्तरीको गणमा हो । खेरबारलाई दरबन्दी फिर्तासमेत नगर्नुले एसपीको नियत प्रष्ट हुन्छ । घुमुवा परिचालनकै कारण सप्तरीमा तस्करीका सामानको बरामद लगभग शुन्य छ । जबकि, मधेसका अन्य जिल्लाले ठूलो मात्रामा बरामद गर्दै आएका छन् ।

जिल्लाको कुनौली तिलाठी, पातो, राजगढ, रामनगर लगायतका बिओपीमा सेटिङ चलेकाले तस्करीका सामान बरामद शुन्य जस्तै छ ।

कोसी प्रदेशका डिआइजी अन्जनीकुमार पोखरेलले घुमुवा खटाउंदा झापामा भएको घटनाबाट समेत एसपी पौडेलले पाठ नसकिको सशस्त्र प्रहरी कर्मचारी बताउँछन् ।

उता, बारा जिल्लामा पनि सशस्त्र प्रहरीको कमाण्ड कमजोर देखिएको छ । एसपी टोपबहादुर डाँगीकै कारण बाराको नाकाहरूबाट सामान तस्करी भइरहेको स्रोत बताउँछ । बाराको मटिअर्बा, गोलागंज, गौर लगायतका नाकाबाट तस्करी मौलाएको छ । ती नाकाबाट पास भएका सामान हाइवेका युनिटले पक्राउ गरेबाट समेत मिलेमतोमा तस्करी भएको पुष्टि हुन्छ ।

यसअघि प्रधान कार्यालयमा कार्यरत रहँदा तस्करी गराएको आरोपमा ३ जना एसपीलाई मुख्यालय तान्न उनै डाँगीले प्रतिवेदन दिएका थिए ।

महोत्तरीको शम्सी नाकाबाट तस्करी बढेको उजुरी प्रतिवेदन बाहिनीमा पुगेको छ । पहिले पनि लामो समय महोत्तरीमा घुमुवा काम गरेका सइ हिमालयदेब सुवेदी इन्सपेक्टर बढुवा भएपछि हाल शम्सी बिओपीको इन्चार्ज छन् । पुरानै सेटिङअनुसार उनले तस्करी गर्दै आएका हुन् ।

सो नाकाबाट भारततर्फ ठूलो मात्रामा गोरु तस्करी भइरहेको तथा उताबाट हार्डवयरका सामान, किराना सामान, सिमेन्ट, छड, खसीबोकासमेत तस्करी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्