Logo
Logo

व्यापारीको चलखेलले राजश्व अनुसन्धान विभागका महानिर्देशक फेरिए


19.7k
Shares


काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई तीन महिनामै हटाइएको छ । राजश्व छल्ने व्यापारीमाथि आक्रामक कारबाही गरेपछि उनलाई हटाइएको हो ।


विभागमा प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिवका रुपमा कार्यरत सहसचिव नवराज ढुंगानालाई पठाइएको छ । व्यापारिक समुहको स्वार्थमा सापकोटालाई हटाएर ढुंगानालाई पठाइएको स्रोत बताउँछ । ढुंगाना व्यापारीका प्रिय मानिन्छन् ।
पछिल्लो समय विभागले दर्जनौं कम्पनीका गाडी नियन्त्रणमा लिई छानबिन थालेको थियो । त्यस्तै, भन्सारका कर्मचारीहरु पनि छानबिनमा तानिएका थिए । विभागको सक्रियताले तस्करीको सेटिङ बिग्रिएपछि महानिर्देशक नै फेरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्