Logo
Logo

धितोमा रहेको ९७ वटा सवारी र जग्गा बेच्दै हिमालयन बैंक


3k
Shares

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले बुधबार एक सूचना जारी गर्दै धितो राखिएको सम्पत्ति बिक्री गरेर रकम असुल गर्ने जानकारी दिएकाे हो ।

बैंकको भरतुर शाखा कार्यालयबाट मेयर्स एण्ड व्हील्स प्रालि र श्री जे.पी. मोटो कर्प प्रालिको नाममा लिएको कर्जा चुक्ता नभएपछि धितोवापतको सवारी साधन र जग्गा बिक्री गरे असुल गर्ने भएको हो ।

मेयर्स एण्ड व्हील्स प्रालिका सञ्चालक महादिप श्रेष्ठ र प्रज्ञा पन्तले लिएको ऋणवापत भरतपुर महानगरपालिका ५ स्थित कित्ता नम्बर १७७० को ०–१६–४५ बिघा क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो ।

श्री जे.पी. मोटो कर्प प्रालिका सञ्चालक तथा जमानीकर्ता प्रतिक श्रेष्ठ, मन्नु महतो र जेम्स महतो रहेका छन् । प्रतिक श्रेष्ठको नाममा दर्ता कायम रहेको भरतपुर महानगरपालिका १६ स्थित कित्ता नम्बर ३३८, ३४२ र ३४४ को क्रमशः ०–६–१४, ०–४–१५.५० र ०–६–१४ जग्गा, वडा नम्बर ३७ स्थित कित्ता नम्बर ४९८, ७७० र ७७१ को ०–१८–०–०, ०–२–०–० र ०–१३–०–० क्षेत्रफल भएको जग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।

यस्तै, हिमालयन बैंक धनी भई ऋणी श्री जे.पी. मोटो कर्प प्रालि कायम भइ दर्ता भएका ९७ वटा सवारी साधन बिक्रीमा राखेको हो । यदि ३५ दिनभित्र कर्जा चुक्ता नगरे लिलामीमा बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्