काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले करिब १ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
जसमा देवराज चौलागाईंको २३ हजार ३१ कित्ता, विमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मीन श्रेष्ठको १९ हजार १९३ कित्ता छ ।
यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यसका लागि ३५ दिनको अवधि तोकिएको छ ।