Logo
Logo

नेपालमै उत्पादित प्राइम टायल बजारमा


1.1k
Shares

काठमाडौं । नेपालमै उत्पादित प्राइम टायल बजारमा आएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्राइम सेरामिक्सले प्राइम टायल सार्वजनिक गरेको हो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष आशिष गर्गले टायलका लागि विश्वप्रसिद्ध इटालियन सेक्मी कम्पनीको प्रविधि एवं मेसिन प्रयोग गरी नेपालमै अन्तर्राष्ट्रियस्तरको प्राइम टायलको उत्पादन थालेको बताए । यसले नेपाली बजारमा टायलको मूल्य १५ देखि २० प्रतिशतले घट्ने उनको दाबी छ ।

कार्यक्रममा कम्पनीका बिक्री प्रबन्धक प्रदिपकुमार झा, अपरेसन प्रमुख सोनिया गर्ग र प्रबन्ध निर्देशक प्रशान्त अग्रवालको पनि उपस्थिति थियो ।

प्राइम टाइल्स विथ स्टाइल नाम दिइएको टायल विश्वको प्रमुख गुणस्तरको टायल रहेको कम्पनीले जनाएको छ । यो टायल उत्पादनका लागि ५० प्रतिशत भन्दा बढी नेपाली कच्चा पदार्थ प्रयोग गरिएको छ ।

कम्पनीमा पूर्ण नेपाली लगानी रहेको र यसले विदेशी आयात घटाएर स्वदेशी उत्पादन बढाउनुका साथै निकट भविष्यमा टायल निर्यात गर्ने उद्देश्य रहेको अध्यक्ष गर्गले बताएका छन् । उनका अनुसार हाल नेपालमा ९९ प्रतिशत टायल भारतबाट आउने गरेको छ । नेपालमा निकट भविष्यमा केही वर्षअघिको सिमेन्ट उद्योग झैँ टायल उद्योगले गति लिने उनको विश्वास छ ।

रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ६ मा १० बिगा जग्गामा फैलिएको टायल उद्योग नेपालकै पहिलो र ठूलो भएको कम्पनीले जनाएको छ । नेपालमा हाल १५ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेको र मूल्य उत्पादन हुने ठाउँबाट नेपाल आइपुग्दा दुई गुणा हुने गरेको कम्पनीको भनाइ छ ।

दुई अर्ब सुरुवाती लगानीमा दैनिक डेढ लाख वर्गफिट उत्पदन क्षमता रहेको उद्योगले ३०० जनालाई रोजगारी दिएको छ । हाल छानामुनि प्रयोग घरायसी, व्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थलमा प्रयोग गर्न सकिने अधिकम दुई फिट लामो र ४ फिट चौडा टायल २५० भन्दा बढी डिजाइनमा कम्पनीले उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्