Logo
Logo

पाकिस्तानका पूर्व राष्ट्रपति मुसरफलाई मृत्युदण्डको सजाय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ पुस ।

पाकिस्तानको बिशेष अदालतले पूर्व राष्ट्रपति परवेज मुसरफलाई मृत्युदण्डको सजाय सुनाएको छ । देशद्रोहको मुद्दामा उनलाई दोषी ठहर गरी मृत्युदण्डको सजाय भएको हो ।
पूर्व सैनिक शासक मुसरफ हाल दुबईमा छन् । फैसलाको विस्तृत विवरण २४ घन्टापछि आउने बताइएको छ ।
उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो । यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो। पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ।

सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए।

पाकिस्तानको डन पत्रिकाले लेखेको छ “उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।“
मुद्दाको सुनुवाइ हुँदाहुँदै मुशर्रफ सन् २०१६ मार्चदेखि यूएईको दुबईमा रहेका छन् । द एक्सप्रेस ट्रिब्यूनका अनुसार तीनमध्ये दुई न्यायाधीश मृत्युदण्डको पक्षमा रहेका थिए।
सो इजलासमा सेथ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्