Logo
Logo

महिला हिंसाविरुद्ध सडक नाटक ‘खिल’ मञ्चन (फोटोफिचर)


2.2k
Shares

काठमाडौं । महिला हिंसा उन्मूलनका लागि जनचेतना जगाउने उद्देश्यसहित तयार पारिएको सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ । पूर्खाजित राईको परिकल्पना र निर्देशनमा तयार भएको ‘खिल’ असार १३ गते खोटाङको बराहपोखरी गाउँपालिकामा मञ्चन गरिएको हो ।

बराहपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको नाटक ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको हो । राजु थापा काउचाले लखेको यस नाटकमा जेबी डिसी, सुप्रिमा सुनुवार, विवेश बुढा, सुरज राई, निरु राई र गुन्ज चौधरीले अभिनय गरेका थिए ।

‘खिल’जस्तै गढेर रहेको महिला हिंसाविरुद्ध समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको कलाकार जेबी डिसीले बताए । ‘महिला हिंसालाई संविधानले निर्मुल गरेपनि समाजमा अझै खिल बनेर बसेको छ’ उनले भने, ‘त्यसैबारे जनतामा चेतना फैलाउँदै महिला हिंसा निर्मूल बनाउन सघाउन खिल मञ्चन गरेका हौं ।’

निर्देशक पूर्खाजित राईले जबसम्म हामीमा चेत आउँदैन, तबसम्म संविधान, कानुनले मात्रै महिला हिंसा उन्मूलन गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्