काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ । दुबै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना गर्ने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे र वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमति अनुसार अब बैंकले वन्डर्स नेपालको परिसरमा एर्टीएम, क्युआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्नसक्नेछ ।
यससँगै, बैंकका ग्राहक तथा सर्वसाधारणले वन्डर्स नेपालअन्तर्गत काठमाडौंको कमलादीस्थित स्काई वाकटावरमा गई आनन्दमय दृश्य अवलोकन गर्न सक्नेछन् । साथै, यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।