Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लुम्बिनी प्रदेशमा नयाँ एक्सटेन्सन काउन्टर


1.4k
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

योसँगै लुम्बिनी प्रदेशमा बैंकको चारवटा एक्सटेन्सन काउन्टरहरु भएका छन् । छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द््रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्तरुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।

कार्यक्रममा छत्रदेव गाउँपालिकाका–२ का वडाध्यक्ष शंखर पाण्डे, सोही वडाका पूर्व वडाध्यक्ष राजेशकुमार पन्थी, वडा नं ३ का वडाध्यक्ष तेजप्रसाद खनाललगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहुँच बाहिर रहेको बल्कोट तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहजरुपमा उपलब्ध हुने बताए ।

बैंकका अर्घाखाँची शाखा प्रमुखले सेवाग्राहीलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिने बताए । एक्सटेन्सन काउन्टरमार्पmत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर विस्तार गरिसकेको छ । हाल बैंकले २९६ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्