Logo
Logo

एनआइबीएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु


756
Shares

काठमाडौं । माउ कम्पनी मर्जरपछि गाभिएका दुई मर्चेन्ट बैंकिङ कम्पनीको एकीकृत कारोबार सुरु भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको एनआइबीएल एस र मेगा बैंकको मेगा क्यापिटल मार्केट्स मर्जर भएर सोमबारदेखि कारोबार सुरु भएको हो ।

एकीकृत कम्पनीको नाम एनआइएमबि एस क्यापिटल लिमिटेड भएको छ । उक्त नामबाट कारोबार गर्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले असार ११ गते स्वीकृति दिएको हो । एनआइबीएल एसले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति (एक्विजिसन) गरेको हो ।

मेगा क्यापिटललाई प्राप्ति गरेपश्चात कम्पनीहरुको एकीकृत चुक्ता पुँजी ४७ करोड भएको छ । एकीकृत भएपछि कम्पनीसँग भएका हितग्राही खाता ४ लाख ८५ हजार पुगेको छ ।

७ वटा शाखा कार्यालयहरु र ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिष्ट्रारको काममार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्