Logo
Logo

के ट्रम्पमाथि महाभियोग सावित होला ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ‘कु’को प्रयास भनेका छन् । उनले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप समेत लगाए । उनीमाथि महाअभियोग लगाउने तयारी भइरहँदा ट्रम्पको यस्तो आक्रोशपूर्ण भनाइ आएको हो । राष्ट्रपति ट्रम्पले पत्रमार्फत यस्तो आक्रोश व्यक्त गरेको बिबिसीले जनाएको छ ।
डेमोक्याट्रिकका बरिष्ठ नेता एवं तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख रहेकी न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७औँ शताब्दीमा जादुटुना गर्नेलाई गरेजस्तो भएको बताएकी छन् । पेलोसीलाई लेखिएको पत्रमा उनले ‘अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्ध’को घोषणा गरेको भनी आरोप लगाएका छन् । उनले मंगलबार पठाइएको पत्रमा महाभियोगजस्तो शब्दको महत्वलाई सस्तो बनाइएको बताएको जनाइएको छ ।
आज बुधबार हुने मतदानमा परिणाम केही फरक होला भन्ने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई रोषपूर्ण पत्र लेखेका हुन् ।
शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पु¥याएको भन्ने आरोपमा राष्ट्रपति ट्रम्पले पहिलो आरोप ‘निराधार’ भएको र दोस्रो ‘खतरनाक र निरर्थक’ भएको बताएका छन् । व्यक्तिगत राजनीतिक उपलब्धिका लागि युक्रेनलाई दबाब दिएको भन्ने आरोपमाथि बुधबार उनले महाभियोगसम्बन्धी मतदानको सामना गर्दैछन् ।
खासमा राष्ट्रपतिलाई सदनको न्यायिक समितिका अध्यक्षले महाभियोग प्रक्रियामा आफ्ना प्रमाणहरू पेश गर्न सार्वजनिक रुपमा बोलाएका थिए । उनी उक्त प्रक्रियामा सहभागी भएका भए आफ्ना कानूनी समूहले साक्षीसँग प्रश्न गर्न पाउने अनुमति पनि पाउँथे । ट्रम्पले शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पु¥याएको भन्ने दुईवटा महाभियोगका आरोपहरू झेल्दै आएका छन् । बुधबार यदि अपेक्षा गरिएअनुसार नै मतदान भएमा अमेरिकी इतिहासमा महाभियोगमा पर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्