Logo
Logo

गिरीबन्धुमा अर्बौँको चलखेल जारी


12.7k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यो देश ५ सय बिचौलियाले चलाएको अभिब्यक्ति दिए । जुन अभिब्यक्ति उनले मन्त्रालय सम्हाल्दा छोटो समयमै गरेको बिचौलियाको चलखेल भोगेरै दिएका हुन् ।

पर्यटन क्षेत्रमा अन्य मन्त्रालयभन्दा बढी बिचौलिया हावी छन् । हरेक मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वलाई बिचौलियाले नै घुमाउँदैआएका छन् । बिचौलियाको इशाराविना कुनै पनि काम हुँदैनन् । ठूला ठेक्कादेखि नियुक्तिमा समेत बिचौलिया हावी छन् । बिचौलियाको प्रभावमा मन्त्री, प्रधानमन्त्रीमात्र होइन, स्थायी सरकार मानिने मुख्यसचिवसम्म पनि छन् ।

राज्यका महत्वपूर्ण मन्त्रालयका सचिव, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकसम्म बिचौलियाकै सेटिङमा सरुवा र नियुक्ति हुँदैआएको छ । निवर्तमान मुख्यसचिव शंकरदास बैरागी त बिचौलिया रामचन्द्र भट्टकै इशारामा चल्ने गर्दथे ।

नेपालमा बिचौलियाहरुकै हालीमुहाली छ । दलाल पूँजीवाद भन्ने शब्द बिचौलियाकै लागि प्रयोग हुँदैआएको शब्द हो । बिचौलियाको पकड यति बलियो छ कि नयाँ शक्ति हौं भन्ने रवि लामिछाने, बालेनहरुलाई पनि यसले लपेट्न सुरु गरिसकेको छ ।

बिचौलियाकै रुपमा नवधनाढ्य हुनेमा पर्दछन् तारा सापकोटा । सापकोटा २०५० मा इलामबाट काठमाडौंमा आएका थिए । उनको आम्दानी हुने पेशा र ब्यापार छैन । तर उनीसँग अरब सम्पत्ति छ । जुन सम्पत्ति कहाँबाट आयो ? त्यो बिषयमा उनलाई चिन्नेहरु नै चकित छन् ।

बिचौलियाको काम गर्दागर्दै ३० बर्षको दौरानमा उनले देखिने सम्पत्ति नै १ अर्ब जोडिसकेको उनलाई चिन्नेहरु बताउँछन् । तर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनको सम्पत्ति भने छानबिन गर्न आवश्यक ठानेको छैन ।

गिरीबन्धु टी स्टेटदेखि झापाका हदबन्दी लागेका जग्गा फुकुवा गराउन उनी विगत ३ बर्षदेखि लागेका छन् । पटक पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनका भाइ भूषण राणा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत रिझाउँदै आएका सापकोटाले भूटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार टेकनारायण पाण्डेलाई पनि गृहमन्त्रालयमा सरुवा गराउने काम गरेका थिए ।

सापकोटाले गिरीबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि कांग्रेस र माओवादीको शीर्षनेतृत्वलाई १ अर्ब रुपैयाँ घुस बुझाएर भूमि ऐन नै संशोधन गराउन सफल भएका थिए । भूमि ऐन संशोधन मुलुकको आवश्यकताले भन्दा पनि गिरीबन्धु टी स्टेटको हदबन्दी फुकुवा गराउने प्रयोजनका लागि हतार हतार गरिएको थियो ।

गिरीबन्धुको हदबन्दी फुकुवा गराउनका लागि नै उनले टेकनारायण पाण्डेजस्ता भ्रष्ट छविका सचिवलाई भूमिब्यवस्था मन्त्रालयमा लगेका थिए । तारा सापकोटाले गिरीबन्धु टी स्टेटको हदबन्दी फुकुवा गराउनका लागि ब्यापारी र बिचौलियाहरुसँग १ अर्ब ५ करोड घुस प्रयोजनकै लागि संकलन गरेका थिए ।

जुन रकम ७० करोड बालकोट, ३५ करोड बाँकी राजनीतिक दल र भूमिब्यवस्था मन्त्री र सचिवलाई मिलाउन खर्च गरिएको स्रोत बताउँछ ।

गिरीबन्धुमा अथाह मुनाफा हुने सापकोटाको प्रलोभनमा परी रकम फसाउनेमा ठूला व्यापारी छन् । उनीहरुले ३५ करोडका दरले रकम संकलन गरेका थिए । अहिले पनि सो जग्गा बिक्रि गराउन सो समूह सक्रिय छ । घुमाउरो बाटोबाट सो जग्गा बिक्रि गराउन अदालतदेखि सिंहदरबारमा चलखेल जारी छ । अरबौंको जग्गा भएकाले यसमा ठूलै बिचौलिया सक्रिय भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्