काठमाडौं । मोरङ जिल्ला विराटनगर महानगरपालिकास्थित कोशी अस्पतालमा प्रभु बैंकले आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पताल परिसरमा कोशी अस्पतालका प्रमुख सुपरिटेण्डेण्ट डा. गुणराज लोहनीले एक समारोहका बीच प्रभु बैंक कोशी अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको थियो ।
कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनुपर्ने जुनसुकै रकमबिना झण्झट सरल एवं सहजरुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउनेछन् ।
यस एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने जनाएको छ ।