काठमाडौं । एनएमबि बैंकबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा पैसा नलाग्ने भएको छ । बैंकका ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निशुल्क रकम ट्रान्स्फर गर्न सक्ने अफर ल्याएको हो ।
चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने विश्वास बैंकको छ । सो अफर साउन मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।
साथै, एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निस्शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।