Logo
Logo

काठमाडौँको भंगालमा कामना सेवा विकासको १०७औं शाखा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित भंगालमा आफ्नो १०७औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दवप्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्तरुपमा शाखाको उद्घाटन गर्नुभएको थियो । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारीलगायत स्थानीयवासीको उपस्थिति थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी दिएको छ ।

काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०७ वटा शाखा तथा ५६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्