Logo
Logo

प्रभु क्यापिटल लिमिटेडद्वारा मेडिकल चिकित्सकलाई प्रशिक्षण कार्यक्रम सञ्चालन


315
Shares

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडद्वारा ललितपुरमा मेडिकल चिकित्सकहरुको लागि आयोजना गरिएको एकदिने सेयर बजारमा लगानीसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान, ललितपुरमा २०८० असार १३ गते सम्पन्न भएको हो ।

चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरूले पनि शेयरबजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्देश्यका साथ डक्टरर्स मिटः एक्सप्रोलिरङ फाइनान्सियल मार्केट’ नामक उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए भने उक्त कार्यक्रममा ३० जनाभन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो । व्यस्त समय तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका थिए ।

सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्