काठमाडौं । एनएमबि क्यापिटलबाट एसआइपी गरेकाले इम्यान्डेटमार्फत भुक्तानी सेड्युल मिलाउन सक्ने भएका छन् । एनएमबि क्यापिटल र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बीच भएको सम्झौताअनुसार क्यापिटलका एकाइधनीहरूले एसआइपीको मासिक वा त्रैमासिक लगानी रकम इम्यान्डेटमार्फत स्वचालित रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको हो ।
आफूले चाहेअनुसार लगानी रकम र समयावधि थपघट गर्न सकिने हुँदा एसआइपीमार्फत लगानी गर्नेहरूको संख्या उलेख्य वृद्धि हुँदै गएको क्यापिटलले जनाएको छ ।
क्यापिटलले लगानीको विकास गर्ने गरी ससाना रकमको लगानीबाट लाभ लिन मिल्ने गरी एसआइपी योजना सञ्चालन गरिरहेको जनाइएको छ । योजनामा आफूले चाहेअनुसार लगानी रकम र समयावधि थपघट गर्न सकिन्छ । इम्यान्डेटको प्रयोगले अब ग्राहक पटक–पटक भुक्तानी समय सम्झिने झन्झन्टबाट समेत मुक्त हुने क्यापिटले जनाएको छ ।