Logo
Logo

बिबिएलको पहिलो खेलमै टिममा परे सन्दीप लामिछाने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ पुस ।
अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग(बिबिएल)को यो सिजन सुरु भइसकेको छ । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टारले आज पहिलो खेल खेल्दैछ । पहिलो खेलमा सन्दीपको टिमले टस हारेर ब्याटीङ गर्दै छ ।


ब्रिसबेन हिटविरुद्धको पहिलो खेलमा सन्दीप प्लेइङ ११ मा परेका छन् । चर्चित खेलाडी ग्लेन म्याक्सवेल कप्तान रहेको सो टिम यो वर्ष च्यापियन बन्ने दाउमा छ । गत वर्ष फाइनल खेलमा नाटकीय रुपमा सो टिम पराजित भएको थियो । गत वर्ष सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्