Logo
Logo

तीन महिनामा सात हजार किलो गाँजा बरामद 


1.3k
Shares

काठमाडौं । लागूऔषध अपराधको ग्राफ भयवाह बन्दै गएको छ । प्रहरीले गत तीन महिना (चैत्र १५ देखि असार १५ सम्म)मा झण्डै सात हजार केजी गाँजा बरामद गरेको छ ।

प्रहरी प्रधान कार्यालयको अनुसार चैत्र १५ देखि आसार १५ सम्ममा ६ हजार ९ सय ६१ किलो गाँजा, १ सय ७९ किलो चरेस, ४ दशमलब २५ किलो हेरोइन र ४ दशमलब ९८ किलो अफिम बरामद गरेको छ । 

लागू औषध ब्यूरोद्वारा सञ्चालित विशेष अपरेशनमा रात्रि क्लब, मनोरञ्जन गृह तथा ट्रान्स पार्टीहरूमा प्रयोग हुने एलएसडी १० हजार १३१ वटा सहित १२ जना पक्राउ परेका छन् । जसमा पाँच जना विदेशी र सात जना नेपाली रहेका छन् । 

तीन महिनाको अवधिमा तीन हजार ५ सय ६२ जना फरार अपराधी पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै तीन महिनाको अवधिमा ३२२ वटा अवैध हातहतियार बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्