Logo
Logo

अवैध सुनचाँदीसहित एक पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

लहान, ६ पुस । अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवानपुर गाउँपालिका–४ बाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो ।
भारततर्फबाट नेपालतर्फ आउँदै गरेको ज२प ६४२२ नंको मोटरसाइकल जाँचगर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जनाए ।
पक्राउ परेका रायको साथबाट हातमा लगाउने सुनको बाला दुई, मंगलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई, झुम्का, बाला, टीका एक थान र चाँदीको पाउजु पाँच, हातमा लगाउने पञ्जा एक जोडी, ब्रासलेट एक थान, खुट्टामा लगाउने बिच्छी तीन थान, औँठी एक थान र बच्चाले लगाउने बलिया तीन थान बरामद भएको प्रवक्ता बोहराले बताए । रायमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्