Logo
Logo

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा सदस्य मनोनयन


1k
Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ । ७ सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् ।

सर्वसाधारण समूहबाट दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । २०७९ असार ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो ।

स्वतन्त्र सञ्चालकको मनोनयन एकीकृत कारोबार पछिको सञ्चालक समितिले नियुक्त गर्ने सहमति भएको छ । सञ्चालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनीत सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्