Logo
Logo

सीमाबाट २० बालकको उद्धार


- दृष्टि न्युज/संवाददाता

0
Shares

नेपालगञ्ज, ६ पुस । भारत जान लागेका २० बालबालिकालाई नेपालगञ्जस्थित सीमाबाट उघार गरिएको छ । उनीहरु आफन्त भेट्न भारत जान लागेको बताएका थिए । उनीहरुलाई रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको हो ।
सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताए । उनका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको छ ।
हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका लागि जान लागेका थिए । सीमा नाकाबाट उद्धार गरी नेपालगञ्जस्थित सिविन बाल हेल्पलाइनमा ल्याइएका उनीहरूले गोरखपुर जान लागेको बताएका थिए ।
सीमामा पहाडी जिल्लामा स्कुल बिदाको समयमा बालबालिकाको जोखिम यात्रा बढ्ने गरेका बेलामा गत आर्थिक वर्षमा ५२ बालबालिकालाई उद्धार गरिएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जमा एक वर्षको अवधिमा बाँकेमा ५२ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्