Logo
Logo

प्रभु बैंकद्वारा कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान


441
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच गत २०७९ साउन ५ गते भएको सम्झौता अनुरुप युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा प्रभु बैंकले किसानलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ ।

नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, हेफर इन्टरनेशनलका सहनिर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माइक्रो फाइनान्स विभाग प्रमुख प्रविनकुमार दहालले संयुक्तरुपमा पञ्चकन्याका सात जना कृषि उद्यमीलाई रु ४० लाखको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिकाका किसानलाई प्रभु बैंकले ठूलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रहसमेत गरेका छन् । उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनलका तर्फबाट प्रवद्र्धित सहकारीले सहुलियतपूर्ण ऋण लिन इच्छुक उद्यमीहरूको पहिचान गरी कर्जा लिन योग्य उद्यमीलाई बैंकमा सिफारिस गर्ने छ । त्यसैगरी स्थानीय सरकारले कर्जा सदुपयोगको अनुगमन गरी आवश्यक अन्य व्यावसायिक विकासका सेवा प्रदान गर्न सहयोग तथा सहजीकरण गर्ने छ ।

हेफरले ४४ जिल्लाका करिव चार लाख पिछडिएका गरिब परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । हेफरले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीमार्फत वित्तीय पहुँच पुरÞ्याउन सहजीकरण गर्दै आएको छ ।

समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालय, ७१ एक्स्टेन्सन काउन्टर तथा ३१० एटिएमसहित फराकिलोे पहुँच रहेको प्रभु बैंककले उक्त सम्झौता अनुरुप करिव एक हजार पाँच उद्यमीलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्