Logo
Logo

मर्निङ वाकमा निस्किएका ८ महिलाको सिक्री लुट्ने ५ जना पक्राउ


8.9k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा मर्निङ वाकमा निस्किएका महिलाहरुको सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल प्रयोग गरेर काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र टोखा नगरपालिका क्षेत्रमा महिलाहरुको सिक्री लुट्ने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

सिक्री लुटपाट गर्ने गिरोहका सदस्यहरुलाई महाशाखाले आइतबार पत्रकारहरुमाझ सार्वजनिक गरेको छ । महाशाखाले केही समयदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा मोटरसाइकलको प्रयोग गरेर मर्निङ वाकमा हिँडिरहेका महिलाहरु लुटिएको गुनासो आएपछि अनुसन्धान सुरु गरिएको थियो ।

घाँटीमा लगाएको सुनका सिक्रीहरु लुटपाट हुने गरेको घटनाको अनुसन्धानका क्रममा महाशाखाले रामेछापको लिखु गाउपालिका वडा नं. १ घर भइ हाल काठमाडौंको हाँडीगाउँ बस्ने रविन दमाईसहित ५ जनालाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई प्रहरी टोलीले एकै दिन अर्थात यही शुक्रबार बूढानीलकण्ठसहित विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो प्रकरणमा पक्राउ पर्नेहरुमा काठमाडौंको हाँडीगाउँमा बस्दै आएका रामेछापको लिखु गाउँपालिका-१ दुरागाउँका ३२ वर्षीय रबिन दमाई छन् । त्यस्तै, नसरीको धरान उपमहानगरपालिका-८ घर भई हाल काठमाडौंको चाबहिल बस्दै आएका २६ वर्षीय उमेश क्षेत्री छन् ।

त्यस्तै? काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-७ घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३० वर्षीय राहुल माझीलाई पनि प्रहरीले लुटापटको अभियोगमा पक्राउ गरेको हो । त्यस्तै, धनकुटाको लेगुवा गाउँपालिका-७ घर भई हाल काठमाडौं महामनगरपालिका-९, रामन्दिर बस्ने ३० वर्षीय राहुल माझी रहेका छन् ।

त्यस्तनै, भारतको पश्चिम बंगाल, पश्चिम मेदनीपुर जिल्ला, दासपुर थाना जयरामचोक घर भएर हाल काठमाडौंको न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती पनि फक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार पक्राउ परेकाहरुले लुटेको सुनलाई पगालेर ढिक्कामा परिणत गरेको पाइएको छ । प्रहरीले ११.२ ग्राम सुनको ढिक्का, सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका २ थान मोटरसाइकल, मोबाइल फोन ६ थान र सुनको ४७ ग्रामको नेक्लेस पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्