Logo
Logo

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुझाए स्पष्टीकरण


2.4k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरण बुझाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असार १२ गते सात दिनको स्पष्टीकरण सोधेका थिए । तर, महानिर्देशक अधिकारीले स्पष्टीकरण दिएका थिएनन् ।

स्पष्टीकरण दिन अटेरी गरेपछि मन्त्री किरातीले बिहीबार पुनः तीनदिने स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण नदिनुको कारण स्पष्ट रुपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ दिन भनेका थिए ।

मन्त्री किरातीका प्रेस सल्लाकार राजन राईका अनुसार महानिर्देशक अधिकारीले अन्तिम दिन स्पष्टीकरण बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्