काठमाडौं । हिमालयन बैंक लिमिटेडले बंैकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बंैकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएपछि निजको पत्नी विमला गुराँगाईलाई सो रकम मिति यही असार १९ गते सोमबारका दिन बंैकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरुबीच हस्तान्तरण गरेका थिए । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो ।
सो रकमले मृतकको परिवारमा केही सहयोग हुने बंैकले अपेक्षा गरेको छ । हाल हिमालयन बंैकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँसम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।
हाल बैंकले देशभरि रहेका १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एमबाट आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएकोे छ ।