Logo
Logo

राष्ट्रपति ट्रम्पमाथि महाभियोग ‘पक्षपातपूर्ण’


- दृष्टि न्युज/संवाददाता

0
Shares

वासिंगटन डिसी, ६ पुस (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ले लगाएको महाभियोग ‘पक्षपातपूर्ण’ भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताएका छन् । सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएका हुन् ।
उनले डेमोक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भएको बताएका छन् । उनले उक्त कार्यलाई विपक्षीहरुले गरेको एउटा अनुचित काम भएको समेत बताएको समाचारमा जनाइएको छ ।
तल्लो सदन प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीले नेतृत्व गरेको छ । तल्लो सदन प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको बताए । उनले यसरी राष्ट्रपतिविरुद्ध आक्रोस पोख्दा यस्ता कार्यले भविष्यका लागि पनि राम्रो नगर्ने बताए । तर, डेमाक्र्याटका नेताहरुले भने राष्ट्रपतिका विरुद्धको महाभियोगको कदमको बचाउ गरिरहेका छन् ।
तर, रिपब्लिकनका अरु केही नेताहरुले अमेरिकका प्रजातान्त्रिक संस्थाहरूमै यस कदमले आगामी दिनमा क्षति पु¥याउन सक्ने जानकारी गराएको समाचारमा जनाइएको छ । तर, यो महाअभियोग सफल नहुने राष्ट्रपति ट्रम्पले बताउदै आएका छन् ।
सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेको छ । यस कारण पनि राष्ट्रपति ट्रम्पलाई शक्तिबाट हटाइन सक्ने कुनैपनि सम्भावना देखिँदैन । तर, अमेरिकाको इतिहासमा सिनेटमा यस्तो अभियोगको सुनुवाइको सामना गर्नेमा राष्ट्रपति ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्