काठमाडौ। साताको दोस्रो दिन आज(सोमबार) सेयर कारोबारको सूवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक ३.९९ अंकले बढेको छ ।
यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ । २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ । कुल ४२ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।