Logo
Logo

प्रहरी जवानलाई बाँधेर यातना दिएकोबारे छानबिन समिति गठन


9.5k
Shares

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई बाँधेर यातना दिएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ ।

डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको हो । जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलिलाई निर्देशन दिइएको छ ।

गत सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो ।

पीडित प्रहरीका भाइ रजनिश रायले आफ्नो दाइले बढी ड्युटी गराएको विषयमा इन्सपेक्टर हेमन्त राईलाई गुनासो गर्न जाँदा मुखामुख भएपछि पाता कसेर १२ घण्टा यातना दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्