काठमाडौं, ७ पुस । ‘मर्छु कि क्या हो’ बोलको फरक फ्लेभरको लोकगीत सार्वजनिक भएको छ । हाल भारतको मुम्बईमा सगीत र अभिनयको कक्षा लिइरहेकी गायिका आश्मी रिसाल र गायक सुरेश शाहीको आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत सुरेश शाहीकै रहेको छ ।
यस गीतमा भारतमै मोडलिङ र अभिनय गर्दै आएका चर्चित मोडल श्यामाश्री शेर्पा र कलाकार अम्बर सुबेदीलाई फिचर गरिएको छ । भारतमा विभिन्न लघुचलचित्रको निर्देशन तथा टेलिचलचित्रमा अभिनय गर्दै आएका निर्देशक तथा कोरियोग्राफर ओमकार सिन्धेले उक्त भिडियोको कोरियोग्राफ तथा निर्देशन गरेका हुन् । राम्रोसँग नेपाली बुझ्न नसक्ने निर्देशक सिन्धेले नेपाली गीतको भिडियोको भने राम्रै तरिकाले बनाएका छन ।
सिन्धेले यस गीतको भिडियो निर्माण गर्न आफूले धेरै नेपाली गीतहरुको भिडियो हेरेको र त्यसभन्दा फरक बनाउन खोजेको बताए । ‘यो मेरो पहिलो कोसिस हो’ उनले उक्त म्युजिक भिडियो निर्माण गर्दा गम्भीर बनेको बताउँदै भने, ‘मैले नेपाली लोक गीतको भिडियो बनाउने भनेको नै मेरो लागि चुनौती हो ।’