Logo
Logo

मेस्सी भन्छन्- मैले सन्यास लिने दिन उमेरका कारण टाढा छैन


1.8k
Shares

ब्युनस आयर्स । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उनको यो टिप्पणी आएको हो ।

अर्जेन्टिनाको टेलिभिजनमा प्रशारण भएको एक अन्तर्वार्तामा ३६ वर्षीय मेस्सीले भनेका छन्, ‘तार्किक रुपमा मेरो उमेरका कारण यो (सन्यास) धेरै टाढा हुनेछैन । त्यो क्षण कहिले आउँछ मलाई ठ्याक्कै थाहा छैन । म दिनदिनै चीजहरू लिइरहेको छु र हामीले अनुभव गरिरहेका यी सबै कुराहरूको आनन्द लिइरहेको छु ।’

गत डिसेम्बरमा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि मेसीले फुटबलमा आफूले आशा गरेका सबै कुरा हासिल गरेको स्वीकारका थिए । अर्जेन्टिनी कप्तानले फाइनलमा दुई गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन बल पनि जितेका थिए ।

मेस्सीलाई कहिले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन्छ ? भनी सोधिएको प्रश्नमा उनले भने, ‘मलाई लाग्छ समय आएपछि यो कुरा स्वभाविकरूपमा हुनेछ ।’ उनले सबै कुरा हासिल गरिसकेपछि त्यसको आनन्द लिनु मात्र बाँकी रहेको पनि बताए ।

मेस्सीले जुलाई २१ मा फोर्ट लाउडरडेलमा मेक्सिकोको व्यवसायिक फुटबल समूहविरुद्ध लिग कपमा इन्टर मियामीका लागि पहिलो खेल खेल्दैछन् । फ्लोरिडा क्लब हाल अमेरिकी महत्वपूर्ण लीग फुटबलको १५ टोली पूर्वी सम्मेलनको २१ खेलबाट १८ अङ्कको साथ अन्तिम स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्