Logo
Logo

सिटिजन्स बैंक र मिडाट हस्पिटलबीच छुट सम्झौता


567
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लगनखेलमा रहेको मिडाट हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहकले मिडाट हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले हाल देशभरमा एक सय ८८ शाखा, तीन विस्तारित काउन्टर, १४५ एटिएम, ६ कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्