काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने गरी नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
हाल बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ५९ शाखा, तीन सय ६२ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ ।