Logo
Logo

मेक्सिकोमा श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए


3.1k
Shares

मेक्सिको । मेक्सिकोमा ३२ वर्षीय एक पुरुषले अमानवीयताको सबै हद पार गरेका छन् । उनले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको दिमागलाई टौकोसमा मिलाएर खाए, यसपछि खोपडीलाई एशट्रे बनाएर प्रयोग गरे ।

द मिररको रिपोर्ट अनुसार आरोपी व्यक्तिलाई गत जुलाई २ मा पुएब्लोमा उनको घरबाट पक्राउ गरिएको थियो। उनलाई मिडियाले नरभक्षीको संज्ञा दिएका छन् ।

हत्यारा अल्भारो पेसाले निर्माण व्यवसायी हुन् । उनले गत वर्ष मारिया मोन्टसेराटसँग विवाह गरेका थिए । मारिया पहिले नै विवाहित थिए। उनका पाँच छोरी छन् । जेठी छोरी २३ वर्ष र कान्छी १२ वर्षकी छिन् । अल्भारोले २९ जुनमा आफ्नी श्रीमतीको हत्या गरेका थिए । सान्ता मुर्टे (आवर लेडी अफ होली डेथ) र शैतानले उनलाई आफ्नी श्रीमतीलाई मार्ने आदेश दिएको आरोपितले पुलिसलाई बताएका छन् ।

आरोपितले आफ्नी श्रीमतीको मस्तिष्कको भाग खाएको र उनको खप्परलाई एशट्रेको रूपमा प्रयोग गरेको स्वीकार गरेका छन्। उनका अनुसार हत्या पछि पीडितको शव टुक्रा-टुक्रा पारेर प्लाष्टिकको झोलामा हालेका थिए ।

हत्या भएको दुई दिनपछि अभियुक्तले आफ्नी सौतेनी छोरीलाई आफ्नो अपराध स्वीकादै बोलाएका थिए । पीडितकी छोरी मारिया एलिसिया मोन्टील ​​सेरानले बताइन् कि, उसले आफ्नी एक छोरीलाई आफ्नी आमालाई लिएर जान भनेका थिए ।

अल्भारोले आफ्नी छोरीको शरीरलाई चक्कु, छेनी र हथौडाले अनक्रमण गरेको सेरानले बताइन् । यसअघि उनले लागूऔषध सेवन गरेका थिए । ती अपराधी प्रति छोरीहरूलाई शारीरिक तथा यौन दुव्र्यवहार गरेको आरोप पनि लगाइएको छ । यसैबीच प्रहरीले अनुसन्धानका क्रममा उनको घरमा कालो जादूको वेदी पनि फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्