काठमाडौं । नेसनल हाइड्रोपावरले आज शुक्रबारदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।
यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यस अनुसार नेसनलको ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला भएको छ ।
यस हकप्रद सेयरका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ । जेठ ३२ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउने छन् । यस हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ भने मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट यसमा आवेदन दिन सकिन्छ ।